नियम १६
नयाँ पशुधनको सुरक्षण गर्न सकिने
: (१) सदस्य संस्थाले क्रणीको अनुरोधको आधारमा निजलाई क्रण भुक्तानी अवधि समाप्त नहुँदै सुरक्षित पशृधन बिक्री गरी सोको सट्टामा नयाँ पशुधन खरिद गर्न स्वीकृति दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम कुनै क्रणीले कोषको स्वीकृतिमा सुरक्षित पशुधन बिक्री गरी नयाँ पशुधन खरिद गरेमा कोषले त्यस्तो नयाँ पशुधनको देहायको अवस्थामा सुरक्षण गर्न सक्नेछ:-

(क) क्राणीले सदस्य संस्थाबाट स्वीकृती प्राप्त गरेको मितिले सात दिनभित्र नयाँ पशुधन खरिद गरेमा,

(ख) पशुधन खरिद गरेको सात दिनभित्र सदस्य संस्थालाई लिखित जानकारी दिएमा,

(ग) नियम ११ बमोजिमको सुरक्षण शुल्क बुझाएमा,

(घ) नयाँ पशुधन खरिद गरेको पैंतीस दिनभित्र स्वास्थ्य परीक्षण गराई नियम ६ बमोजिम सङ्केत पट्टा लगाएमा ।

(३) क्रणीले उपनियम (१) बमोजिम स्वीकृति लिई खरिद गरेको पशुधन सुरक्षणको लागि उपनियम (२) बमोजिमको प्रक्रिया पूरा गरेको प्रमाण सहित सम्बन्धित सदस्य संस्था समक्ष निवेदन दिन सक्नेछ ।

(४) उपनियम (३) बमोजिम निवेदन परेमा सदस्य संस्थाले आवश्यक जाँचबुझ गरी निवेदन परेको पन्ध्र दिनभित्र त्यस्तो पशुधनको सुरक्षण लेख जारी गर्न कोषसमक्ष लेखी पठाउनु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम लेखी आएमा कोषले सुरक्षण लेख जारी गर्ने मितिसम्ममा क्रणीको कर्जा खातामा बाँकी रहेको सावाँ र व्याज रकम वा शुरुको सुरक्षण लेखमा अंकित सुरक्षण रकममध्ये जुन कम हुन्छ सोही रकम उल्लेख गरी कर्जा भुक्तानीको बाँकी अवधिसम्मको लागि सुरक्षण लेख जारी गर्नु पर्नेछ ।